हेमन्त कान्छा र प्रेमाको ‘मयालाई’मा विजय र शरिष्मा

डिसी नेपाल
२ असार २०८० ९:४४
240
Shares

काठमाडौं। गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीको पन्चेबाजाको नयाँ गीत मयालाईको भिडियो रिलिज भएको छ। सार्वजनिक गीतको भिडियोमा हेमन्तलाई स्वरमा गायिका प्रेमा पुर्जाले साथ दिएकी छन्।

जसमा शब्द राजकुमार बगरको रहेको छ भने संगीत प्रेमा पुर्जाको रहेको छ। भिडियोमा एरेन्ज गायक स्वयमकै रहेको छ भने मिक्सिगं तथा मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ।

लगनको महिनालाई लक्षित गरेर गायक हेमन्तले बजारमा ल्याएको पञ्चेबाजाको सार्वजनिक भिडियोमा मोडलद्धय बिजय पुन र शरिष्मा मगरको रोमान्टिक नृत्य देख्न सकिन्छ। छमछम नचाउने शैलिको भिडियोमा शरिष्मा र विजय गज्जबसँग खुलेर नाचेका छन्।

निरन श्रेष्ठको कोरियोग्राफी रहेको सार्वजनिक गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन्। राम केसीको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन्। भिडियोको निर्माण गायिका तथा संगीतकार प्रेमा पुर्जाले गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *