डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक
मुम्बई। भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ।
अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ। यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन्। शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन्। यो प्रोमो सुट गर्नका लागि उनले १० करोड पारिश्रमिक लिएकी छन्।
उनले आइतबार शोको प्रोमो सुट गर्नेछिन्। रेखालाई यो शोको प्रोमोमा विशेष भूमिकाका लागि बोलाइने छ। कथाको सुरुवातमा शोको सार बुझाइने छ। यो प्रोमो केबल डेढ मिनेटको मात्र हुनेछ।
यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन्। नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन्। उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment