सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा ‘तिमी बिना जीवन’ सार्वजनिक
काठमाडौँ। सिमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी बिना जीवन’ सार्वजनिक भएको छ। ध्रुव विश्कोको शब्द/संगीत, योगशकाजीको संगीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
सुदिप वरालको निर्देशन रहेको भिडियोमा सिमान्त र स्वरुप सुवाललाई फिचरिङ गरिएको छ। सुदिपकै छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवम् सम्पादन छ।
मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सिमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
‘उचाई’ एल्वमबाट सांगीतिक यात्रा सुरु गरेका सिमान्तका ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, ‘दुर्गाले मुर्गा बनाई’ जस्ता गीत स्रोता/दर्शकको रोजाइमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment