कतार पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

डिसी नेपाल
३ असार २०८० २१:०१
860
Shares

काठमाडौं। वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

निजले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *