ग्रीसमा जहाज दुर्घटना भएपछि पाकिस्तानमा आज राष्ट्रिय शोक

डिसी नेपाल
४ असार २०८० ११:४१
280
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दक्षिणी ग्रीस नजिकै भएको डुङ्गा डुब्ने घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएकोमा शोक व्यक्त गर्दै मानव तस्करहरू विरुद्ध कडा कारबाही गरिने बताएका छन्।

दोषी पाइएमा कडा भन्दा कडा कारबाही गरिने उनले बताए । पाकिस्तानमा जुन १९ मा राष्ट्रिय शोक मनाइने सरिफले बताए । यस घटनामा अहिलेसम्म कैयौं पाकिस्तानी नागरिकसहित सयौं मानिस बेपत्ता छन् भने ८० जनाको शव फेला परेको छ ।

यो डुङ्गामा सिरिया र इजिप्टका मानिसहरू पनि सवार थिए। पाकिस्तानी अधिकारीहरूले यस घटनामा संलग्न रहेको आरोपमा धेरैलाई पक्राउ गरेको बताएका छन्।

यस दुर्घटनामा ५ सय जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले जनाएको छ । यो डुङ्गामा करिब ७५० जना मानिस थिए।

प्रत्येक वर्ष हजारौं पाकिस्तानी युवाहरू राम्रो जीवनको खोजीमा वैध कागजातहरू बिना युरोपको जोखिमपूर्ण यात्रामा जान्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *