द मिसेस नेशनल २०२३ को ताज अनिता यादवलाई

डिसी नेपाल
४ असार २०८० १२:०२
380
Shares

काठमाडाैं। बिबाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा अनिता यादवले द मिसेस नेशनल २०२३ को ताज चुमेकी छन्।

क्रिजोना मिडिया गु्रप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिता द मिसेस नेशनल २०२३ को उपाधि चुम्न सफल भएकी हुन्।

उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भएकी छन्। लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समिक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए।

प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।

आयोजक संस्था क्रिजोना मिडिया गु्रप प्रालिद्वा प्रवन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरभित्र बाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *