भारतका सिनेमाघरमा पनि आदिपुरुषको प्रदर्शन रोकियो
काठमाडौं । महाराष्ट्रको पालघरको नालासोपारामा आइतबार केही हिन्दू संगठनका कार्यकर्ताहरूले सिनेमा हलमा घुसेर आदिपुरुष फिल्मको प्रदर्शन रोकेका छन्। कार्यकर्ताले सिनेमा हलमा नाराबाजी गर्दै कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।
समाचार एजेन्सी एएनआईले घटनाको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा एक व्यक्तिले प्रष्ट रूपमा भनेका छन्, “लाज लाग्छ, यस्ता फिल्मलाई सपोर्ट गर्ने मान्छे। तिमीहरू आफ्नो बच्चालाई यो सिकाउँछौ ?”
हिन्दू संगठनसँग आवद्ध व्यक्तिहरूले हिन्दू देवी देवताको अपमान नसहने सिनेमा कर्मचारीलाई बताउँदै आएका छन् । जसले अपमान गर्छ, हामी बदला लिन्छौं। यदि फाँसीमा जानु पर्यो भने हामी तयार छौँ ।
फिल्म रिलिज भएदेखि नै कतिपय संवादमा मानिसहरुले प्रश्न उठाइरहेका छन् ।
आइतबार चलचित्र ‘आदिपुरुष’का संवाद लेखेका मनोज मुन्तासिरले जनताको असन्तुष्टिलाई मध्यनजर गर्दै चलचित्रको संवाद परिवर्तन गर्ने घोषणा गरेका हुन् ।
उनले भने, “मेरो लागि तपाइँको अनुभूति भन्दा महत्वपूर्ण केही छैन। म मेरो संवादको पक्षमा अनगिन्ती तर्क दिन सक्छु तर यसले तपाइँको पीडा कम गर्दैन।”
“मैले र फिल्मका निर्माता-निर्देशकले निर्णय गरेका छौं कि हामी तपाईंलाई चोट पुर्याउने केही संवादहरू परिमार्जन गर्नेछौं, र तिनीहरूलाई यो हप्ता फिल्ममा समावेश गर्नेछौं। श्री रामले तपाईं सबैको कल्याण गरून्!”
No ads found for this position

डिसी नेपाल
Facebook Comment