दुर्घटनामा घाइते मन्त्रीलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइयो

डिसी नेपाल
५ असार २०८० १६:२७
532
Shares

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन्।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो । सो दुर्घटनामा पाँचजना घाइते भएका छन् ।

घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो।

मन्त्री सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी र भाउजू जयलक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *