चिर्पट प्रहार गरी श्रीमतीको हत्या
ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए। झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ। लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment