चट्याङ लागेर ५७ वर्षिय व्यक्तिको मृत्यु

डिसी नेपाल
६ असार २०८० ११:४२
372
Shares

मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *