रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक
काठमाडौँ। रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ। हिमान्सु रायमाझी गोधुलीको शब्द रचना, कृष्ण पाण्डे कृषको संगीत र रुबिन मगरको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराईलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समारिका ढकालँ र विकास सुबेदीलाई फिचरिङ गरिएको छ। मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा बिनोद बमको सम्पादन छ। भिडियोमा शृङ्गारको जिम्मा कविता टोलाङीले लिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment