हनी सिंहलाई ज्यानको धम्की
मुम्बई। भारतीय गायक तथा रयापर हनी सिंहलाई ग्याङस्टार गोल्डी बरारले ज्यानको धम्की दिएको छ। गोल्डी अहिले क्यानाडामा छन्।
गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन्। सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन्। हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन्। प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ।
गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो। गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए।
हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए। धेरै हिट गीत र रयापबाट पहिचान बनाएका हनी लागुऔषधको लतमा फसेका थिए। त्यसपछि उनलाई बाइपोलर डिसअर्डर भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment