नेपालमा पहिलो पटक जिब्रो र निधारमा टाँसेर सेवन गर्ने लागुऔषध बरामद

डिसी नेपाल
८ असार २०८० १०:०९
8.4k
Shares

काठमाडौं। नेपालमा पहिलो पटक जिब्रो र निधारमा टासेर लागुऔषध सेवनको आनन्द लिने लागुऔषधजन्य पदार्थ बरामद गरेको छ।

लागुऔषध नियन्त्रण व्यूरोले सो पदार्थ बरामद गरेको हो। त्यसको जानकारी आज पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ। सो लागु औषधलाई लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) भनिन्छ।

नेपालमा यो पहिलो पटक बरामद भएको हो। सो लागुऔषध सेवन गर्ने र बिक्री वितरण गर्ने केही व्यक्तिलाई पनि प्रहरीले काठमाडौ र पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरु नेपालीसँगै विदेशी नागरिक पनि छन्।

ब्यूरो स्रोतका अनुसार एलएसडी ड्रग्स १० हजारभन्दा बढी ‘थान’ बरामद भएको छ। एलएसडी खतरानाक लागु औषध मानिन्छ। प्रहरीका अनुसार प्राय स्टिकरजस्तो आकारमा उपलब्ध हुने यसलाई दुर्व्यसनीमा फसेका व्यक्तिले जिब्रो तथा निधारमा समेत टाँसेर आनन्द लिने गर्छन्।

कुनै समय भारतमा एलएसडीको व्यापक कारोबार हुने गर्थ्याे। विवाह उत्सव, पार्टी, तथा विभिन्न सामूहिक भोजमा यो लागुऔषध प्रयोग गर्ने गरिन्छ। गत वर्ष अष्ट्रेलियाको सिड्नी २७ हजार मानिसहरुले एक साथ यो लागुऔषध प्रयोग गरेको पाइएको थियो।

गत महिना भारतमा पनि यस प्रकारको लागुऔषध बरामद भएको थियो।

भारतको लागुऔषध नियन्त्रण ब्यूरोले जेठ २२ मा देशमा डार्क वेबमार्फत चलिरहेको लागुऔषधको ठूलो सञ्जालबाट १५ हजार एलएसडी ब्लट बरामद गरेको थियो। यो नेटवर्क डार्कनेटमा सञ्चालनमा रहेको र क्रिप्टोकरेन्सी भुक्तानीका लागि प्रयोग भइरहेको बेला बरामद गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *