यूट्यूबमा रिलिज हुँदै धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’
काठमाडौं। हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब यूट्यूवमा हेर्न पाइने भएको छ।
कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो। धुर्मुस सुन्तलीले आज युट्युवमा फिल्म सार्वजनिक गर्दैछन्। फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ।
फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ। यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् ।
सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment