प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशककाे याेजना

डिसी नेपाल
११ असार २०८० ९:२२
6.9k
Shares

मुम्बई। फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो।

तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो। फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो। रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि विरोधको क्रम रोकिएको छैन।

यो फिल्मलाई निर्देशक राउत दुई भागमा बनाउन चाहन्थे। फिल्ममा प्रभासको प्रमुख भूमिका रहेकाले प्रभाषले नै अभिनय गरेको ब्लकबस्टर फिल्म ‘बाहुबली’जस्तै ‘आदिपुरुष’लाई पनि दुई सिरिजमा बनाउन चाहन्थे। तर त्यो काममा प्रभासले नै अवरोध गरे। फिल्मको लम्बाई ३ घण्टा २० मिनेटको भएकाले पनि ओमले फिल्मलाई दुई भागमा निर्माण गर्न चाहेका थिए। लामो समयावधिको फिल्म हेरिरहँदा दर्शकलाई दिक्क लाग्ने उनको बुझाई थियो। त्यहीकारण उनी फिल्मको सुटिङ अझ एक महिना लम्ब्याउन चाहन्थे।

यद्यपि प्रभासले ओम र फिल्मको टिमलाई फिल्मलाई दुई भागमा निर्माण गर्नु फिल्मका लागि सही नहुने दृष्टिकोण राखेका थिए। प्रभासको सुझाव पछि निर्माण पक्षले दुई भागको ‘आदिपुरुष’ बनाउने योजना रोकिएको थियो।

६ सय करोडको लागतमा बनेको यो फिल्मले विरोधका बाबजुद बक्स अफिसमा तीन दिनमा ३ सय ४० करोड व्यापार गरेको थियो। तर सामाजिक सञ्जालमा फिल्मबारे गरिएको नकारात्मक प्रतिक्रियाले यसको व्यापारमा गिरावट आइरहेको छ। निर्माताले फिल्मको टिकट मूल्य घटाएर भए पनि लगानी उठाउने ध्याउन्नमा लागिपरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *