ऋतिक रोशनको ‘फाइटर’को तुलना टम क्रुजको फिल्मसँग

डिसी नेपाल
१२ असार २०८० ९:१६
9.0k
Shares

मुम्बइ। ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्बजनिक भए पछि बिभिन्र प्रतिक्रिया देखिन थालेको छ। आफ्नो नयाँ चरित्रको नयाँ झलक देखाएर उनले फ्यानहरुलाई रोमाञ्चित बनाएका छन्। यो फिल्मको ऋतिक रोशनको पहिलो लुक हो।

तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ। उनले आफ्नो छेउमा उभिएको लडाकु विमानमा हात राखेका छन्। उनी क्यामेरामा पछाडि उभिएर विमानलाई हेरिरहेका छन्।

ऋतिक रोशनले फोटोसँगै क्याप्सनमा फिल्म ‘फाइटर’ को रिलिज मिति उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘फाइटर’ २५ जनवरी २०२४ र ‘फाइटर’  रिलिज हुन ७ महिना बाँकी छ।

जब अभिनेताका फ्यानहरूले यो तस्बिर देखे, उनीहरूले ‘फाइटर’ लाई टम क्रुजको फिल्म ‘टप गन: मावेरिक’सँग तुलना गरेका छन्।

एक प्रयोगकर्ताले लेख्छन्, ‘टप गनको प्रतिलिपि, बलिउडको परिचित शैली।’  अर्को प्रयोगकर्ता भन्छन्, ‘के यो टप गनको रिमेक हो ?’ तेस्रो प्रयोगकर्ता भन्छन्, ‘सस्तो टप गन।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *