बक्स अफिसमा ‘आदिपुरुष’ प्याक अप, लागत पनि उठाउन सकेन्

डिसी नेपाल
१२ असार २०८० ९:२५
26.4k
Shares

मुम्बई। बलिउडको बहु प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै हंगामा मच्चिएको थियो।

यस फिल्मका निर्मातामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ। बढ्दो विवादलाई देखेर निर्माण पक्षले चलचित्रका संवादहरू परिवर्तन गरेका छन् र थ्रीडी टिकटको मूल्यसमेत घटाएका छन तर पनि ‘आदिपुरुष’ले गति लिन नसकेको र दिनप्रतिदिन आम्दानीमा ह्रास आएको छ।

योसँगै फिल्मको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ, जसले ठूलो झट्का दिनेछ।

सैकनिल्क को प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘आदिपुरुष’ ले रिलिज भएको ११ औं दिन अर्थात दोस्रो सोमबार मात्रै करिब २ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जससँगै फिल्मको कुल कलेक्सन २७७.७५ करोड पुगेको छ।

‘आदिपुरुष’को आम्दानीमा दिनप्रतिदिन ठूलो गिरावट हुदाँ रिलिजको ११ औं दिनमा यसले अहिलेसम्मकै न्यून कलेक्शन हो। यस्तो अवस्थामा अहिले बक्स अफिसमा आदिपुरुषको प्याक अप भएकाे छ भने ३०० करोडको क्लबमा सामेल हुन पनि निकै गाह्रो भएको स्पष्ट भएको छ।

अचम्मको कुरा के छ भने ६ सय करोडको ठूलो बजेटमा बनेको ‘आदिपुरुष’ ले आफ्नो लागत पनि निकाल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *