चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे
काठमाडौँ। चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन्।
गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन्। पर्यटक भिषामा नेपाल आएका ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्।
नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका छन् भने उनी नेपाल आउनुको कारण भने खुलेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment