सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने

डिसी नेपाल
१५ असार २०८० १७:३७
840
Shares

काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था–नवौं संशोधन नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले असार २० गतेदेखि अजरवैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक र असार १८ गतेदेखि सुरु हुने उच्च अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रकिो नेतृत्वमो नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ भने सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् । बैठकले साउन ८ गतेदेखि अबुधावीमा हुने सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँर्चौ बैठकमा सहभागी हुन ऊर्जामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।

पत्रकार सम्मेलनका सरकारका प्रवक्ता शर्माले सरकारको ध्यान सुशासनतर्फ केन्द्रीत रहेकाले कुनै पनि भ्रष्टाचारको प्रकरणका दोषीलाई उन्मुक्ती दिन नसकिने स्पष्ट पारिन् । त्यस्तै उहाले कोशी प्रदेशको नामाङ्करण विरोधीहरुले आन्दोलनका क्रममा नेताहरुमाथि गरेको आक्रमणका घटनाप्रति दुख व्यक्त गर्दै यस बिषयमा सरकार गम्भीर रहेको बताइन् ।

उनले कोशी प्रदेशका देखिएको समस्या समाधानका लागि केन्द्र सरकारले आवश्यक समन्वय गर्ने जिकिर गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *