‘मेरा आमाबाबा’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
१६ असार २०८० १३:०४
832
Shares

काठमाडौँ। गीतकार प्रतिमा गुरुङको ‘मेरा आमाबाबा’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ।

गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काएको देख्न सकिन्छ।

आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशिनुको पिडालाई समेट्दै गीत र अभिनय तयार गरिएको छ।

गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप केसी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वति रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी, सृस्टि सुनारको अभिनय रहेको छ।

गीतको भिडियोमा निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल,भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा,ली,ले बजारमा ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *