समाजवादी मोर्चाको बैठक बस्दै, आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने

डिसी नेपाल
१६ असार २०८० १६:११
80
Shares

काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको पहिलो बैठक बस्ने भएको छ।

शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने बताए।

उनले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन्। मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई सँगसँगै लिएर अघि बढ्ने धारणा राखे। उनले समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको धारणा राखे।

अहिले मुलुकको परिवर्तन बिरुद्ध सल्वलाईरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रीत हुने बताएका हुन्। उनले संविधानका बारेमा बिमति राख्नेहरुसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताए।

सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *