धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि अवतरण नगरी फर्कियो

डिसी नेपाल
१६ असार २०८० १९:२७
1.1k
Shares

काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौंबाट धनगढी उडानको श्री एयरलाइन्सको जहाज अवतरण नगरी काठमाडौं नै फर्किएको छ । श्री  २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३ः३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको  जहाजमा बारम्बार समस्या आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *