प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

डिसी नेपाल
१७ असार २०८० ६:२७
28
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ।

संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक ११ बजे बिहान बोलाइएको छ। आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयक माथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सो राष्ट ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संसोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *