‘मै नाचिदिन्छु’ मा पुष्प र कविता

डिसी नेपाल
१७ असार २०८० ९:५६
132
Shares

काठमाडौँ। गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ। खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ।

डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ। भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ। भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ।

गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन्। गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ। जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ।

भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन्। गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ। गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *