म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज
काठमाडौँ। विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ। इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो।
विल्सन विक्रम राई अहिले अमेरिकामा छन्। उनी केहीदिनमा किरण नेपालीले निर्माण गर्ने सिनेमा ‘हात्तिछाप’को छायांकनको लागि नेपाल आउँदैछन्। आइतबार सार्वजनिक म्युजिक भिडियोमा अभिनेता विल्सनकै शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत रहेको गीतमा राजेन्द्र चोंगबाङ र सबिना योंगहाङ लिम्बुको स्वर सुन्न सकिन्छ।
विश्व लिम्बुको पनि अभिनय रहेको गीतलाई विल्सन विक्रम राईले निर्देशन गरेका हुन्। सार्वजनिक गीतमा अशोक मण्डलको मेकअप, निपेश राईको प्रोडक्सन, कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा जिएफएक्स रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment