राष्ट्रियसभा बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुने

डिसी नेपाल
१८ असार २०८० ६:२६
16
Shares

काठमाडाैं। आज राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो।

बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी, बैठकमा बिनियोजन बिद्येयकमाथि मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय माथि छुटाइएको बजेट माथि छलफल हुनेछ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय बिधेयक २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *