यी ५ टिप्स अपनाए सकिन्छ मुटु रोगबाट बच्न

डिसी नेपाल
१८ असार २०८० १०:०४

काठमाडौं। कोरोना महामारीपछि मुटु रोगहरु तिव्र गतिमा बढिरहेका छन् । मानिसहरु सानै उमेरमा हृदयाघातको सिकार बन्न थालेका छन्, यस्तो अवस्थामा बिग्रिएको जीवनशैलीमा परिवर्तन नगरिए पछि यो समस्या घातक हुनसक्छ ।

मुटु रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन् । यहाँ हामी तपाईलाई केही यस्ता टिप्स बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाई मुटु रोगको समस्याबाट टाढा राख्न सक्नुहुन्छ ।

यी ५ टिप्स अपनाएर मुटु रोगलाई आफैंबाट टाढा राख्नुहोस्, यसलाई आजैदेखि आफ्नो जीवनशैलीमा समावेश गर्नुहोस्। आउनुहोस् जानौं मुटु स्वस्थ राख्ने उपाय ।

चेकअप गराउनुहोस्– २० वर्ष पुगेपछि सबैले चिकित्सकको सल्लाह लिएर शरीरको जाँच गराउनुपर्छ । मुटुरोगको समस्या सुरु हुनुअघि नै उच्च रक्तचाप र कोलेस्ट्रोलले ‘साइलेन्ट किलर’ बन्न थाल्छ । यस्तो अवस्थामा चेकअप गराएमा धेरै गम्भीर रोगबाट बच्न सकिन्छ ।

धुम्रपान छोड्नुहोस्– मुटु रोगबाट बच्नको लागि सबैभन्दा पहिले धुम्रपान त्याग्नुहोस् । धुम्रपानले मुटुको रोग निम्त्याउने मात्र नभई क्यान्सरजस्ता गम्भीर रोगको जोखिम पनि बढाउँछ । मुटु स्वस्थ राख्न धुम्रपान नगर्नुहोस् ।

वजन नियन्त्रणमा राख्नुहोस्– शरीरलाई स्वस्थ राख्न सबैभन्दा पहिले तौल नियन्त्रण गर्नुपर्छ । बाहिरका जंक फुडहरु खानु भयो भने मोटोपना र तौल बढ्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा तौललाई नियन्त्रणमा राख्नुहोस्, जसका लागि घरमा भएको पौष्टिक खाना खानुहोस् ।

व्यायाम सुरु गर्नुहोस्– आजको जीवनशैलीमा मानिसहरुसँग सुत्ने वा उठ्ने कुनै निश्चित समय छैन, मानिसहरु आफूलाई फिट राख्न योग र व्यायाम समेत गर्दैनन् । आफूलाई स्वस्थ राख्नको लागि, तपाईंले आफ्नो २४ घण्टामा कम्तिमा ३० मिनेट व्यायाम र योगको लागि समय निकाल्नुपर्छ। तपाईं पौडी खेल्न वा अन्य कुनै पनि खेल खेल्न सक्नुहुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *