प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी

डिसी नेपाल
१८ असार २०८० १३:४७
92
Shares

कैलाली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन्। यसबारे परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक रुपमा जानकारी दिएका हुन्।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ।

यद्यपि, प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे जानकारी दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *