दलितमाथि विभेद गर्नेलाई कारवाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन

डिसी नेपाल
१८ असार २०८० १४:३५

काठमाडाैं। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले दलितमाथि विभेद गर्नेलाई कारवाहीको प्रक्रिया अघि बढाई जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन्।

सोमबार राष्ट्रियसभाको बैठकको सुरुमै दलितमाथि हुने विभेद बढ्दै गएको भन्दै सांसदहरुले उठेर विरोध जनाएपछि बैठकको अध्यक्षता गर्नुभएका राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दलितमाथि विभेद गर्नेलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएकी हुन्।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सिराहाको भगवानपुरमा सामूहिक भोजमा दलितमाथि भएको बिभेदका बिषयमा पटक पटक कुरा राख्दा पनि दोषीलाई कारवाही हुन नसकेको भन्दै आपत्ति जनाए।

त्यस्तै उनले दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको, सप्तरीमा अन्तरजातिय विवाह गर्दा मुद्दा चलाएको लगायतका घटनाले दलितमाथि अपमान भएको भन्दै उक्त घटनामा पनि दोषीलाई कारवाही हुन नसकेको गुनासो गरे।

उनले दोषीलाई कारवाही नगर्ने र कानूनलाई पालना नगराउने प्रहरी र सिडिओलाई नै कारवाही गर्नुपर्ने माग गरे। यस बिषयमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा उपाध्यक्ष अर्यालले जवाफ दिन सरकारलाई रुलिङ समेत गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *