दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग

डिसी नेपाल
१८ असार २०८० १६:४०

काठमाडौं । दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग  लिँदै सांसद भुवनबहादुर सुनारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

२३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका उनले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *