गठबन्धनको बैठक बालुवाटारमा

डिसी नेपाल
१८ असार २०८० १७:२७

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको उक्त बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी गराउनेदेखि कोशी प्रदेशमा सरकार गठनको विषयसम्ममा पनि छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *