सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सांसद शेर्पाको माग

डिसी नेपाल
१९ असार २०८० १४:४३

काठमाडौं। सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न माग गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा आरोण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाएका उनले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताए ।

पर्यटकहरुकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदू्रषितलाई रोक्नुपर्ने भन्दै उनले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *