ललिता निवास प्रकरणः संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति, ७ दिन म्याद थप
काठमाडौं। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
संगठित अपराधको कसुरमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन्छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सो प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल, देवनारायण महर्जन काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की, बाबुराज महर्जन, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment