प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे
काठमाडौं। एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन्। १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।
अवकाशमा जानुअघि एक महिना अघिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडेका हुन्। यसअघिका प्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली र सुशीला कार्कीले भने अवकाश हुनु एक दिन अघिसम्म मुद्दा हेरेका थिए। तर, कार्कीले भने एक महिनाअघि नै मुद्दा हेर्न छाडेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment