भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना नि:शुल्क

डिसी नेपाल
२२ असार २०८० १४:४०
1.8k
Shares

काठमाडौँ। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ।

यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध छ।

नविकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यमान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागि कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ। यसरी यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन्।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखि इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सक्रिय ग्राहक सपोर्टको लागि प्रख्यात छ। नविकरण अफर र अन्य सेवाहरुबारे थप जान्नको लागि www.vianet.com.np मा हेर्न सक्नुहुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *