जनताको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्छः गगन थापा

डिसी नेपाल
२२ असार २०८० १७:५३
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा शत प्रतिशत समर्थन रहेपनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका हुन्।

सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहेपनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उनले बताए । उनले आर्थिक संकटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राखे ।

थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भनेपनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने बताए।

उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *