जब आमाले छाेरालाई पति मानेर ८ वर्षसम्म ‘सेक्स स्लेभ’ बनाएर राखिन्

डिसी नेपाल
२४ असार २०८० ७:१२

न्युयाेर्क। अमेरिकामा आमा छोराको सम्बन्धलाई एक महिलाले लाजमर्दो बनाएकी छिन्।

ह्युस्टन प्रहरीले एउटा अचम्मको खुलासा गरेको छ। ८ वर्षदेखि बेपत्ता भएका व्यक्तिले आफ्नो व्यथा सुनाएपछि सबै छक्क परे। आठ वर्षअघि किशोरावस्थामा बेपत्ता भएका टेक्सासका व्यक्तिले आफ्नी आमासँग पूरै समय बसेको प्रहरीले खुलासा गरेको छ।

आमा रुडी फारियास अब दुर्व्यवहारको आरोपको सामना गरिरहेका छन्। फक्स न्यूज रिपोर्टका अनुसार रुडीकी आमा जेनी सान्तानाले उनलाई झण्डै एक दशकसम्म दासको रूपमा राखिन्, उनीसँग झूटो बोलिन् र दुर्व्यवहारसमेत गरिन्।

स्थानीय सामाजिक कार्यकर्ता क्वानेल एक्सका अनुसार उनी छाेरालाई ड्याडीकाे भूमिका निभाउन दबाब दिन्थिन् र छाेरलाइ भन्थिन् तिमी मेराे श्रीमान बन्नु पर्छ।’ उनले जेनी सान्टानाले रुडीलाई प्रहरीलाई केही यसबारेमा केही बताए समस्यामा पर्नेसमेत धम्की दिँदैँ आएकी थिइन्। रिपोर्टमा भनिएको छ कि ह्युस्टन पुलिसले बुधबार हराएका छाेरासहित क्वानेल एक्स, उनकी आमाजेनी सान्तानाको उपस्थितिमा सामना गरी सोधपुछ गरेको थियो।

फक्स २६ ह्युस्टन वेबसाइटमा पोस्ट गरिएको एक भिडियो अनुसार सामाजिक कार्यकर्ता क्वानेल एक्सले खुलासा गरे कि छाेरालाइ उनले आफूसँगै ओछ्यानमा राख्ने गरेकाे थिइन्।

‘रुडी, जो आफ्नी आमाबाट यौन दुर्व्यवहारको शिकार भएका थिए।’ उनी अगाडि भन्छिन्-उनीले आफ्नो सिमानाको सम्मान नगरेको र छाेरालाइ दासको रूपमा जीवन बिताउन बाध्य बनाएकी थिइन्।

रुडी १७ वर्षकाे हुँदा उनकी आमाले सन् २०१५ मा उत्तरपूर्वी ह्युस्टनमा रहेको परिवारको घर नजिकै आफ्ना दुई कुकुर हराइरहेको जानकारी दिएकी थिइन्। पछि ती कुकुरहरू फेला परे तर रुडी भने बेपत्ता हुन पुगेकाे बताइएकाे थियाे ।

घटनाले बिहीबार अप्रत्याशित मोड लियो जब हराइरहेका भनिएका छाेरा चर्च बाहिर जिउँदै फेला परे र प्रहरीले त्यसबारेमा जानकारी दिइयाे। त्यसपछि मात्रै आमा छाेराकाे सबन्धका बारेमा बाहिर कुराहरू आएका हुन्। उनकी आमाले झूटो विबरण दिएर प्रहरीलाइ गुमराहमा पारिन् भने जबकी उनका छाेरा आठ वर्षदेखि उनीसँग बस्दै आएका थिए।

‘रुडी अझै हराइरहेको भन्दै आमाले प्रहरीलाई धोका दिइरहिन्’ प्रहरीको भनाइ छ।’ नाबालिगलाई यौन दुर्ब्यवहार गरेको र अपहरण गरेको आरोपमा प्रहरीले ती महिलालाई हिरासतमा लिएको छ। रुडीलाइ काउन्सिलिङ भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *