एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले आइतबार पनि निरन्तरता दिएको छ।
आइतबार पनि बैठक सुरु भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेलगत्तै एमालेका सांसद उठेर विरोध जनाए।
यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिएपछि बालेकी भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन्।
उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे। तर, उनीहरुले अस्वीकार गरे। यसपछि अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment