डिसी नेपालले मनायो १६ औं वार्षिकोत्सव (फोटोफिचर)
काठमाडौं। डिसी नेपाल प्रा.लिले १६ औँ वार्षिक उत्सव मनाएको छ। स्थापना कालदेखि नै पाठक, दर्शक र स्रोता माझ विश्वासनीय छवी बनाउँदै आएको डिसीले साेमबार भक्तपुरको रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टमा विशेष कार्यक्रमको आयोजना गर्दै १६ औं वार्षिकोत्सव मनाएको हो।

सो अवसरमा संस्थाका प्रधन्ध निर्देशक उमेश शर्माले नेपाली अनलाइनको जेठो संस्था डिसी नेपालको १६ औं वार्षिकोत्सव मनाउन पाउनु आफू र सहकर्मीहरुका लागि सुशीको विषय भएको बताए।

उनले अहिलेको विशम परिस्थितिमा पनि संस्थाले आफ्नो दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराखेको भन्दै संस्थाका कार्यरत पत्रकार र कर्मचारीको खुशीका लागि संस्थाले कुनै कसर बाँकी नराख्ने बताए।

सो अवसरमा प्रकाशक दीपा पौड्याल, कार्यक्रममा प्रधानसम्पादन चूडामणि भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment