ललिता निवास प्रकरण : सचिव राउतसहित ३ जनालाई दुई दिन थुनामा राख्न आदेश
काठमाडौं। ललिता निवास प्रकरणमा संलग्न भएको अरोपमा पक्राउ परेका संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलगायत दुई जनालाई थप दुई दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
सचिव राउतसहित समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न साेमबार अदालतबाट म्याद थप भएको हो ।
म्याद थप भएपछि थप अनुसन्धान अघि बढ्ने नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक दिनेश कोइरालाले जानकारी दिए।
ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले बहालवाला सचिव राउतलाई हिजो पक्राउ गरेको हो।
राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो।
२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए।
यसै प्रकरणमा प्रहरीले समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पनि पक्राउ गरेको हो । उनीहरु माथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लागेको छ ब।







डिसी नेपाल







Facebook Comment