इजरायलमै छायांकन गरिएको गीत ‘खरानी जलेर’ सार्वजनिक

डिसी नेपाल
२६ असार २०८० ११:५४
1.6k
Shares

काठमाडौँ। इजरायल धेरै वर्षबाट नेपालीहरुको कर्मथलोको रुपमा रहदै आएको छ। यहाँ श्रम गर्ने नेपालीहरुले आफ्नो ब्यस्त समयको बाबजुद थोरै समय निकाली नेपाली भाषा ,संस्कार ,कला र साहित्य क्षेत्रमा पनि उतिकै योगदान दिदै आएका छन्।

यसै सन्दर्भमा इजरायलमै छायांकन गरिएको गीत “खरानी जलेर” सार्वजनिक भएको छ। यस गीतमा राज लिम्बु गायक रहेका छन्। साथै, उनकै शब्द र संगीत रहेको छ।

“खरानी जलेर” गीतमा सम्बन्ध गल्तिले भन्दा पनि गलत बुझाइले टुट्न सक्छ भन्ने कुरा पनि म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ।

“खरानी जलेर” नामक गीतमा सन्तोस माबोको निर्देशन/क्यामेरा/ सम्पादन रहेको छ भने पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। उक्त गीतको भिडियोमा बिष्नु कट्टेल, राज लिम्बू, प्रेम तामाङको अभिनय रहेको छ।

माबो कृयसनको ब्यानरमा हाल सालै बिष्नु कट्टेल साथै प्रकाश श्रेष्ठद्वारा अभिनित गीत “कैदी” पनि छायांकन भईरहेको छ। बिष्नुको यो पाँचौ गीत हो भने माबो कृयसनको यो नवौँ प्रोजेक्ट रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *