ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

डिसी नेपाल
२६ असार २०८० १२:२५
3.5k
Shares

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आज (मंगलबार) मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्रलाई पक्राउ गरेको हो।

ललितानिवास प्रकरणमा सीआईबीको टोलीले अहिलेसम्म १४ जना पक्राउ परेका छन्।

सीआईबीले यसअघि निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई किर्ते मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले थप अर्को मुद्दा संगठित अपराध कसुरमा अनुसन्धान गर्ने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *