राष्ट्रियसभा बैठक बस्दै, बिनियोजन विधेयक पारित गरिने

डिसी नेपाल
२७ असार २०८० ६:४१
64
Shares

काठमाडौं। राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बस्नेछ। संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० पारित हुँदैछ।

जसअनुसार आजको बैठकमा बिनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बिनियोजन विधेयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *