भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिएका छन्। उनले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन्।
ट्वीट गर्दै उनले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले ट्वीटरमा लेखेका छन्, “श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु।”
उपचारका क्रममा बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा सीताको ६९ वर्षको उमेरमा निधन भएको हो। उनको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
ॐ शान्ति।
— Narendra Modi (@narendramodi) July 12, 2023
No ads found for this position

डिसी नेपाल
Facebook Comment