पशुपति आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली
काठमाडौं। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ।
अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेका छन् । पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु, सांसद तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment