हरियाली प्रवर्द्धनका कार्यक्रम सरकारकाे प्राथमिकतामा : वनमन्त्री डा. महताे
काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सरकारले हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयलगत बजेट छलफलमा उठेका सवालहरुको जवाफ दिँदै मन्त्री महतोले यस्तो बताएका हुन्।
‘वन मन्त्रालयले हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ। जसको लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहरु तथा उपभोक्ता लगायतका सरोकारवालाहरुसहितको सहभागितामा कार्यान्वयनमा ल्याइनेछ,’ उनले भने।
मन्त्री महतोले वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिको लागि वन कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए।
मन्त्री महतोले वन अतिक्रमण, वन डढेला लगायतबाट वनको संरक्षणमा मन्त्रालय सजग रहेको पनि विश्वास दिलाए।
उनले थपे, ‘राष्ट्रिय वन क्षेत्रहरुमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरुलाई सशर्त अनुदानका रुपमा प्रदेश सरकारहरुमार्फत बजेट उपलब्ध गराइएको छ। यस्तै, देशभर रहेका २० वटा संरक्षण क्षेत्रहरुमा हुने डढेलो तथा अतिक्रमण व्यवस्थापनका कार्यहरु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कार्यान्वयन हुनेगरि बजेटको व्यवस्था गरिएको छ।’







डिसी नेपाल







Facebook Comment