बाघको आक्रमणबाट २५ वर्षीया युवती घाइते

डिसी नेपाल
२९ असार २०८० ९:१९
472
Shares

महेन्द्रनगर। बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक युवती घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो। “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *