चलचित्र ‘एक भगवत् गीता’को टिजर सार्वजनिक
काठमाडौँ। झरना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’को टिजर सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक टिजरमा विपिन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भुमिकामा प्रस्तुत गरिएको छ। साथै, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय रहेको छ।
राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा मित्र डि गुरुङको सम्पादन रहेको छ। सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका छन्। सिनेमामा हिमाल केसीको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ।
सिनेमा ‘एक भगवत् गीता’ आगामी भदौ २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment