भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित

डिसी नेपाल
२९ असार २०८० १७:१०
128
Shares

काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित गरिएको छ। ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन्।

सो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ। सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो।

सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम ९एफटीटीएच० प्रविधि सञ्चालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा उनले नेपाली घर–घरमा इन्टरनेट जडानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। सीईओ बोहराको नेतृत्वमा भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ। यस्तै, ५१ शाखाहरू स्थापना गरेको छ भने १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।

भायानेट कम्युनिकेशन लिमिटेडमा बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *