वाग्नर प्रमुखले रुसी सेनामा भर्ती हुने प्रस्ताव अस्वीकार गरे : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रुसको सेनामा एक इकाईको रूपमा सेवा गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
पुटिनले मस्कोमा भर्खरै भएको वार्तामा वाग्नरका कमाण्डरले प्रस्तावलाई समर्थन गरेको कोमरसेन्ट पत्रिकालाई बताए। तर प्रिगोजिनको जवाफ थियो – “यी लडाकुहरू यो निर्णयमा सहमत हुनेछैनन्।”
जुन २४ मा, वाग्नर समूहले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गर्यो। यसपछि रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहका प्रमुखमाथि ‘विश्वासघात’ र ‘पिठमा छुरा प्रहार’ गरेको आरोप लगाएका छन् ।
यस सम्झौता अन्तर्गत लडाकुहरूलाई रुसको नियमित सेनामा भर्ना हुन वा रुसको नजिकको सहयोगी बेलारुस जान पनि प्रस्ताव गरिएको थियो।
कोमरसेन्टसँगको अन्तर्वार्तामा पुटिनले २९ जुनमा क्रेमलिनमा भएको बैठकमा प्रिगोजिनसहित वाग्नरका २५ जना कमाण्डरहरू उपस्थित भएको बताए। र यस क्रममा पुटिनले उनीहरूलाई ‘रोजगारीका धेरै विकल्प’ दिएका थिए ।
पुटिनले भने, “जब मैले यो भनेको थिएँ, धेरै (वाग्नरका लडाकुहरू) सहमत थिए र प्रिगोजिन त्यहाँ बसिरहेका थिए र सबै कुरा सुनेपछि उनले भने – होइन, यी लडाकुहरूले यो निर्णय स्वीकार गर्दैनन्।”







डिसी नेपाल







Facebook Comment